N I P P O N

 

निप्पोन एजुकेसनल सेन्टरको प्रस्तुतिमा महिलाहरुको हाजिर जवाफ प्रतियोगिता सम्पन्न

June 30, 2026by Nippon Education

भरतपुर-२२। निप्पोन एजुकेसनल सेन्टरको प्रस्तुति र सरल नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. १३, १४, २१, २२, २३ र २५ का महिला दिदीबहिनीहरुको सहभागितामा आयोजना गरिएको हाजिर जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

मिति २०८३ साल जेठ ३० गते वडा कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष श्री विष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

विजेता समूहहरु

प्रतियोगितामा कुल १२ समूहबीच प्रतिस्पर्धा भएको थियो, जसमध्ये:

  • प्रथम: भरतपुर-२५ को “सभ्यता समूह” — नगद रु. १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
  • द्वितीय: भरतपुर-२३ को “शान्तिपूर्ण टोल विकास संस्था” — नगद रु. ५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
  • तृतीय: “समावेशी आमा समूह” — नगद रु. ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र

सहभागी अन्य समूहहरुमा राम जानकी टोल विकास संस्था, सहनशीला बुहारी ग्रुप, संघर्षशील दिदिबहिनी समूह, पृथ्वी टोल विकास संस्था, उत्कृष्ट समूह, कमलपोखरी आमा समूह, जय कालिका महिला विकास बचत तथा ऋण सहकारी संस्था, नमुना टोल विकास संस्था र पकौडी दिदिबहिनी समूह रहेका थिए।

विशिष्ट उपस्थिति

कार्यक्रममा निप्पोन एजुकेसनल सेन्टरका कार्यकारी अधिकृत श्री दीपकचन्द्र भट्टराई, निर्देशक श्री आविष्कार रिजाल, वडा नं. २२ का वडा सदस्य श्री सूर्य गुरुङ, भरतपुर-१४ का वडा सदस्य श्री चन्द्र पौडेल, सरल नेपालका अध्यक्ष मनीष पौडेल, उपाध्यक्ष अमृत अधिकारी, सचिव रुपक घिमिरे तथा सदस्य सन्दीप अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबै व्यक्तित्वहरुप्रति आयोजकहरुले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

About NIPPON
NIPPON EDU CENTER PVT. LTD.
Nippon Educational Center Pvt. Ltd. is established on 2010 A.D. and it is trying to provide a quality education for those students who want to study in Japan. We are very proud of leading Japanese language institute ... Read More
Our locations
Where to find us?
https://nippon.edu.np/wp-content/uploads/2025/12/map.png
Registered
PAN/VAT No.: 604286336
Govt. Regd. No.: 151974/72/073

Follow us